रियलमीको जिटी सिक्स टी नेपाली बजारमा आउँदै
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटी सिक्स टी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटी सिक्स टीको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटी सिक्स टीले प्रयोगकर्ताहरूको मन जित्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीका अनुसार यो फोन पर्फर्मेन्सको पावर हाउस मात्र नभएर सोफिस्टिकेसनको स्टेटमेन्ट पनि हो । स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्यागसिप चिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ । यो अहिलेसम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो । त्यस्तै छ हजार निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरूलाई जीवन्त तुल्याउँछ । यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोनमध्ये सबैभन्दा धेरै डिस्प्ले हो ।
साथै, रियलमी जिटी सिक्स टीमा भएको सोनी ओआइएसको ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरूलाई सहज हुनेछ भने यसको एआई फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मुथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागसिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफीलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५ सय एमएएचको शक्तिशाली ब्याट्री भएकाले आठ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ । रियलमी जिटी सिक्स टी नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा साउन ५ गतेसम्म प्रिबुकिङका लागि उपलब्ध छ । साथै, यो अवधिभर ग्राहकहरूले रियलमी जिटी सिक्स टीको खरिदमा पाँच हजार चार सय ९९ रुपैयाँ मूल्यको रियलमी बड्स टी ३०० प्राप्त गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया