मेरोजबको ‘एप्लिकेसन ट्र्याकिङ सिस्टम’ सार्वजनिक
काठमाडौं । नेपालको अनलाइन जब पोर्टल ‘मेरोजब’ले रोजगारदाताहरूका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई (एटीएस) ‘एप्लिकेसन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ ।
मेरोजबका अनुसार रोजगारदाता कम्पनीहरूले मेरोजबको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्येबाट एआईले कम्पनीहरूले खोजेको जस्तै सर्वोत्कृष्ट आवेदकलाई सिफारिस गर्नेछ । मेरोजब एआईले रोजगारदाताहरूले एक एक गर्दै सबै आवेदकहरूको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको हो । यसअघि रोजगारदाता कम्पनीहरूले आवेदन दिने सबै आवेदकको प्रोफाइल एक–एक गर्दै हेर्नुपर्ने झन्झट थियो । अब एआईले आवेदनमध्येबाट कम्पनीले खोजेजस्तो कर्मचारी क्रमबद्ध गरी छनोटका लागि सिफारिस गर्नेछ ।
विश्वबजार नै एआईको दौडमा अघि बढिरहेको बेला नेपालमा दक्षजनशक्ति छनोट गर्ने प्रक्रिया सरलीकृत गर्न ‘एप्लिकेसन ट्रयाकिङ सिस्टम’ विकास गरेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरीले बताए । उनले भने, ‘एउटा जब भ्याकेन्सीमा हजारौं व्यक्तिहरूले आवेदन दिएका हुन्छन्, रोजगारदाताहरूका लागि सबैको प्रोफाइल स्क्रिन गर्न एकदमै झन्झटिलो हुन्छ । हाम्रो एआई सिस्टमले भ्याकेन्सीमा परेका आवेदनहरूमध्येबाट रोजगारदाताले खोजेको जस्तै कर्मचारी क्रमबद्धरूपमा छनोट गर्न सुझाव दिन्छ ।’ मेरोजबले एक वर्षको अवधि लगाएर एआई सिस्टम तयार पारेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया