‘कोरा २०२४’ शनिबार आयोजना हुने
काठमाडौं । साइकल प्रवर्द्धनका लागि नेपालकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुने भएको छ । १४ औँ संस्करणको साइकल जात्रा शनिबार हुन लागेको हो ।
सो जात्रामा करिब चार हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुई लाख किलोमिटरभन्दा बढी दूरी तय गर्नेछन् । हरेक वर्षजस्तै यो वर्ष पनि साइकल यात्रीहरूले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने जनाइएको छ । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाकजस्तै नेपालगञ्जमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ । सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौं कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भई काठमाडौं उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबहालमा अन्त्य हुने गरेको छ ।
साइकल यात्रीहरूले यस क्रममा आफ्नो इच्छाअनुसार ५० किलोमिटर, ७५ किलोमिटर, एक सय किलोमिटर वा एक सय ४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरामा यो वर्षको काठमाडौं कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकको रूपमा सहभागी भएको छ । ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जन ललितपुर स्मार्ट सिटी बनाउन चाहने भएकाले यसको लागि नगरवासीहरूले साइकल चढ्न सक्ने वातावरण बनाई साइकल संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया