एनसेलको वायर फ्रि प्लस सेवामा छुट
काठमाडौं । एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायर फ्रि प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन् ।
कम्पनीका अनुसार वायर फ्रि प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो । यसमार्फत ग्राहकले विना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाई कनेक्टिभिटीको फाइदा लिन सक्छन् । विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इ–सेवा, खल्ती, आइएमई पेको प्लेटफर्महरूमार्फत लिन सकिने कम्पनीले जनाएको छ । यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्छन् । अफरअन्तर्गत ग्राहकहरूले वायर फ्रि सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (दुई हजार ९५ रुपैयाँ) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (४ हजार नौ सय ८९ रुपैयाँ) छुट पाउँछन् । छ महिनाका लागि सेवा लिँदा ग्राहकले तीन हजार चार सय ९९ रुपैयाँ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा पाँच हजार नौ सय ९९ रुपैयाँ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइने कम्पनीले जनाएको छ ।
सेवाका लागि अर्धवार्षिक सदस्यताको शुल्क करसहित तीन हजार आठ सय ९९ रुपैयाँ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क छ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् ।
यो योजनामा ग्राहकले दुई वटा सिमकार्ड पाउँछन् । ग्राहकहरूले मुख्य एक सिममा प्रत्येक महिना दुई सय ५० जीबी डेटा पाउँछन् । यो डेटा भोल्युम सकिएमा पाँच सय १२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभर लिन सकिन्छ । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना एक सय मिनेट टक टाइम र ५ जीबी पाउँछन् । ग्राहकले पाउने सेवाहरू हरेक ३० दिनको साइकलमा प्राप्त हुने बताइएको छ । ३० दिनको समयावधिभित्र प्रयोग गरिनसकेको वा बाँकी सेवाहरू अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।
सधैँ अन योजनाअन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरूलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरूसँग जोड्ने विश्वास एनसेलले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया