नयाँ एक्सप्रेस म्यूजिक फोन नोकिया ५३१० सार्वजनिक
काठमाडौं, असार ९
नेपाली बजारमा एकदम लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि. ले यो मोबाइल नेपाली बजारमा ल्याएको हो । म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो ।
नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटिलाइ ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनिको दावी छ । नोकिया ५३१० फोनमा वायरलेस एफ. एम. रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ । यसको बक्समा एयरफोन पनि राखिएको छ ।
कम्पनीका अनुसार यसमा २.४ इन्चको क्यूभिजिए डिस्प्ले र पछाडि भिजिए क्यामरा, नोकिया सिरिज ३० प्लस अपरेटिगं सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ र १२ सय मेगाहर्जको बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।
नोकिया ५३१० को बजार मूल्य ५ हजार चार सय ४९ रुपैयाँ रहेको छ । यो फोन बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिने कम्पनीले जनाएको छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टी उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया