एक दशकको उत्सवः ग्लोकल टिन हिरो ‘मेड इन नेपाल’
काठमाडौं । २०१५ मा स्थापना भएको ग्लोकल टिन हिरो अवार्डले आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरूलाई सम्मानित गर्दै आएको छ । उनीहरूको उपलब्धि र सामाजिक परिवर्तनप्रतिको समर्पणले अरू युवाहरूलाई पनि प्रेरित गरेको छ ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि प्रतिभाशालीे युवाहरूको पहिचान र सम्मान गर्दै उनीहरूको प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ । साथै, विभिन्न माध्यममार्फत उनीहरूलाई सशक्त बनाएको छ । यो मञ्चको उद्देश्य आफ्नो समुदाय, समाज तथा राष्ट्रका निम्ति महत्वपूर्ण योगदान दिइरहेका युवाहरूलाई प्रोत्साहन दिनु पनि हो । ग्लोकल टिन हिर अवार्ड सुरुमा काठमाडौं केन्द्रित थियो । विगत एक दशकमा यो अवार्ड देशभरिका किशोरकिशोरीहरूलाई सम्मान गर्ने एक राष्ट्रिय अभियानमा परिणत भएको छ । ग्लोकल टिन हिरो अवार्डको सफलता अब नेपालमा मात्र नभएर यसको लोकप्रियता दक्षिण एसियाली देशहरूमा फैलिन थालिसकेको छ । अहिले ग्लोकल टिन हिरोको फ्रेन्चाइज बंगलादेश, भारत र श्रीलंकामा पनि हुँदै आएको छ ।
हरेक वर्ष सेप्टेम्बर १ मा आयोजना हुने ग्लोकल टिन हिरोले सयौँ युवाहरूलाई आ–आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्न प्रेरित गरेको छ ।
साथै, उनीहरूमार्फत समाजका अन्य युवाहरूलाई पनि आफ्ना प्रेरणादायक कथाहरूले प्रेरित गर्न र धेरै किशोरकिशोरीहरूलाई सामाजिक समस्याहरू सम्बोधन गर्न उत्प्रेरित गरेको छ । ग्लोकल टिन हिरो एक प्लेटफर्मको रूपमा मात्र नभई सामाजिक समस्याका समाधानहरू खोज्ने साथै समाजमा सकारात्मक योगदान गर्ने, किशोरकिशोरीहरूलाई सक्षम बनाउँदै उनीहरूको व्यावसायिक वृद्धि सुनिश्चित गर्ने र समुदायमा दिगो विकासको पहल गर्ने एक फोरमको रूपमा स्थापित भएको छ । प्राविधिक नवप्रवर्तनदेखि सामाजिक उद्यमशीलतासम्मको विविध सिपलाई मान्यता दिएर यस अवार्डले युवाहरूका लागि उपलब्ध अवसरहरूको दायरा विस्तार गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया