Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्सेलसिया कलेजको वार्षिक अडिसन

एक्सेलसिया कलेजको वार्षिक अडिसन


काठमाडौं । अस्ट्रेलियाको एक्सेलसिया कलेजले ब्याचलर र मास्टर अफ म्युजिक कार्यक्रमका लागि सातौँ वार्षिक अडिसन सुरु भएको छ । यस कार्यक्रमले नेपाली कलाकारको शैक्षिक यात्रामा प्रतिभा प्रदर्शन गर्ने र सम्भावित रूपमा अस्ट्रेलियन डलर वार्षिक छ हजारसम्मको छात्रवृत्ति प्राप्त गर्ने अवसर प्रदान गर्ने बताइएको छ ।

कलेजले विशेषगरी संगीत र कलाको क्षेत्रमा उच्च शिक्षाको प्रवर्द्धन गर्ने गरेको छ । असाधारण संगीतकारहरूलाई पालनपोषण गर्न कलेजको फोकस रहने जनाइएको छ । हालैका वर्षहरूमा एक्सेल्सिया कलेजले नेपालका धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई आफ्नो जीवन्त संगीत समुदायमा पढाई पूरा गरेपछि समृद्ध क्यारियर सुरु गर्न मद्दत गरेको छ । १२ कक्षा पूरा गरेका वा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय जस्ता मान्यता प्राप्त विश्वविद्यालयहरूबाट संगीतमा स्नातक गरेका १८ देखि २३ वर्षका संगीतकारहरूले आवेदन दिन पाउनेछन् ।

सहभागीहरूसँग गितार, भोकल, ड्रम, पियानो, बाँसुरीजस्ता विभिन्न सांगीतिक विधाहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने विकल्प हुनेछ । उनीहरूले आफूले रोजेको गीत गाएर आफ्नो स्वर क्षमता प्रदर्शन गर्ने अवसर पनि पाउने छन् । प्रदर्शन कलाका प्रख्यात व्यक्तित्व डा लोटे लाटुकेफु र नेपालका गायक श्री स्वप्निल शर्माले अडिसनको मूल्याङ्कन गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x