तीन स्टार्टअपलाई जनही एक लाख रुपैयाँ अनुदान
काठमाडौं । युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ काठमाडौंमा सम्पन्न भएको छ ।
सो प्रतियोगितामा उत्कृष्ट भएका तीन स्टार्टअपलाई जनही एक लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको थियो । विजेता स्टार्टअपहरू सतत्व फुड प्रोडक्ट्स, टावरगानिक्स नेपाल र ज्योति हेल्थी स्न्याक्स रहेका छन् । यी तीन संस्थाहरू अन्तिम आठ समूहमा छनौट भएका स्टार्टअपहरूले गरेको प्रस्तुतिको आधारमा छनौट भएका थिए । छनौटकर्तामा पहाडी फुड्सका सह–संस्थापक सञ्जय काफ्ले, खेतीपातीका संस्थापक प्रकृति गौतम, एफएओ नेपालका कार्यक्रम विशेषज्ञ अरुण जीसी र यूएनडीपी नेपालका कार्यक्रम प्रबन्धक (वातावरण तथा अनुकूलता) प्रज्ञाजन यलम्बर राई रहेका थिए ।
युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा उद्यमीको सहभागिता रहेको थियो । युवा कृषि उद्यमीलाई कृषि र खाद्य प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउन सहयोग गर्ने उद्देश्यका साथ आयोजित बुटक्याम्प तीन दिनसम्म सञ्चालन भएको थियो । युवा कृषि नवप्रवर्तन प्रतियोगिताका लागि कुल ५८ आवेदनहरूमध्ये २१ कृषिमा आधारित स्टार्टअप प्रतिनिधित्व गर्दै ३८ उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी सहभागीले कृषि तथा प्रविधि, खाद्य प्रणालीदेखि व्यवसाय योजना र अन्य महत्वपूर्ण सवालमा छलफल गरेका थिए ।
प्रतियोगितामा नेपालका सातै प्रदेशका १८–३० उमेर समूहका युवा नवप्रवर्तक एकै ठाउँमा भेला हुँदै कृषि, जैविक मल, कृषि–प्रविधि र नेपाली मौलिक उत्पादनसँग जोडिएका नवप्रवर्तनहरू प्रदर्शनीमा राखिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया