Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगऊर्जा क्षेत्र सरकारको मुख्य प्राथमिकतामा

ऊर्जा क्षेत्र सरकारको मुख्य प्राथमिकतामा


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालसँग मंगलबार भएको भेटमा उनले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको जानकारी दिए ।

यस्तै, उनले निजी क्षेत्रलाई साथमा लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए । इप्पानले राखेको मागहरू निजी क्षेत्रको विकास र सरकारका लागि भएको भन्दै उनले यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, उनले छिटोछरितोरूपमा विद्युत् उत्पादनमा लाग्न पनि निजी क्षेत्रलाई आग्रह गरे ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीपहिरो भूकम्प, आर्थिक मन्दी, विष्फोटक पदार्थको अभाव, जग्गा प्राप्तिमा ढिलाइलगायत समस्याले आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै विद्युत् आयोजनाको म्याद थप गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । सबै आयोजनाको पीपीए खुलाउनुपर्ने, १० मेगावाट क्षमताभन्दाका ठूला आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने व्यवस्था गरिदिनुपर्ने इप्पानको माग छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x