Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा

एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा


काठमाडौं । टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको यस राइड टीभीएसको पोखरास्थित सोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो ।

उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए । सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७ दशमलव दुई किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने ७५ दशमलव ३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३ दशमलव ८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरू अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टीभीएसको पोखराको सोरुम, स्क्वायर मोटसका ओनर विनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई भव्य स्वागत गरेका थिए ।

टीभीएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा एक लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्सप्रति विश्वास बढाउनु हो । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । यो राइडले टीभीएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरूबीचको सद्भावलाई पनि बलियो बनाएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x