उत्पादनमूलक उद्योगहरूको मागमा झण्डै १४ प्रतिशत थप सङ्कुचन
आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरूको मागमा झण्डै १४ प्रतिशत थप सङ्कुचन आएको छ । नेपाल उद्योग परिसंघले हरेक त्रैमासमा गर्दै आएको इन्डस्ट्रि स्टाटस रिपोर्ट (आईएसआर)को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरूको मागमा थप १३ दशमलव ५३ प्रतिशतले सङ्कुचन आएको देखाएको हो । गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक क्षेत्रको मागमा ३ दशमलव शून्य ४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामूलक उद्योगहरूको संयुक्तरूपमा हेर्दा भने २ दशमलव ६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ । यस अवधिमा उद्योगहरूको आयमा समेत ह्रास आएको पाइएको छ ।
सर्वेक्षणमा सहभागी उद्योगीहरूले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ८७ प्रतिशतले आय घटेको जनाएका छन् । योभन्दा अघिल्लो त्रैमासमा पनि १ दशमलव ८७ प्रतिशतले आयमा ह्रास आएका जनाएका थिए । माग र राजस्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कुल उद्योगहरूमध्ये ६५ दशमलव ५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् ।
उद्योगीहरूले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४ दशमलव ३९ प्रतिशत उद्योगहरूले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२ दशमलव ८९ प्रतिशतले वृद्धि भएको पनि जनाइको छ । सर्वेक्षणका सहभागी उद्योगहरूले आफ्नो कुल चालू पुँजी कर्जा ४२ दशमलब ७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २ दशमलब ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११ दशमलब २८ रहेको जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया