Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको जीटी ६ टी नेपालमा

रियलमीको जीटी ६ टी नेपालमा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जीटी ६ टी नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जीटी ६ टी मा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएचको ब्याट्री र १२० वाटको सुपरभोक चार्जरजस्ता मुख्य फिचरहरू रहेका छन् ।

रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले नेपालमा रियलमी जीटी ६ टीले स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क सेट गर्ने बताए । यो फ्ल्यागसिप स्मार्टफोनले प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई निरन्तरता दिएको उनको भनाइ थियो । उनका अनुसार रियलमी जीटी टी ६ टी नेक्ट जेनेरेसन स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरद्वारा सञ्चालित छ । गेमरहरू कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरूका लागि पनि रियलमी जीटी ६ टी उपयुक्त रोजाइ हो ।

छ दशमलव ७८ इन्चको स्क्रिनमा छ हजार निटको फ्लाग्सिप हाइपर डिस्प्ले भएको यो रियलमी जीटी ६ टी जतिसुकै उज्यालो घाममा पनि सहजै प्रयोग गर्न सकिनेछ । त्यस्तै, २७८०८१२६४ को रिजोलुसन र १२० हर्जको रिफ्रेस रेटको साथमा प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्नेछन् । रियलमी जीटी ६ टीमा १२० वाटको सुपरभुक फास्ट चार्जर टाइप सि पोर्टको साथमा उपलब्ध हुन्छ । साथै, ५५०० एमएएचको हेभी ब्याट्रीको साथ प्रयोगकर्ताले लामो समयसम्म यस स्मार्टफोनको प्रयोग गर्न सक्नेछन् ।

रियलमी जीटी टी ६ मा ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को प्राथमिक क्यामारा र आठ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध छ । साथमा ३२ मेगापिक्सेलको आइएमएक्स ६१५ को फ्रन्ट क्यामारा र ६० एमपीएसमा ४ के भिडियो पनि जीटी टी ६ को क्यामरा समावेश रहेको छ । साथै, रियलमी जीटी सिक्स टीमा भएको सोनी ओआइएसको ५० एमपीको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरूलाई सहज हुनेछ भने यसको एआई फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मुथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागसिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफीलाई नयाँँ उचाइ प्रदान गर्ने कम्पनीको भनाइ छ ।

रियलमी जीटी टी ६ ले ५ जी प्लस ५ जीको डुअल मोड उपलब्ध रहेको छ । साथै, वाइफाइ ६, ब्लुटुथ ५.४, एनएफसीसहित जीपीएस, ग्यालिलियो, बाइडुजस्ता न्याभिगेसन सिस्टम पनि उपलब्ध रहेको छ । १६२ एमएमको लम्बाइ, ७५ दशमलव एक एमएमको चौडाइ र आठ दशमलव ६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ । १९१ ग्रामको तौल रहेको रियलमी जीटी टी ६ ह्यान्डल गर्न निकै सहज छ । साथमा यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्छ । कम्पनीका अनुसार रियलमी जीटी टी ६ एन्ड्रोइड १४ मा आधारित रियलमी युआई ५.० मा चल्छ, ज–जसले प्रयोगकर्तालाई आवश्यक अप्सन छान्ने सुविधा र उन्नत गोपनीयताका सुविधाहरू प्रदान गर्छ ।

रियलमी जीटी ६ टी१२/५१२ जीबी भेरियन्टमा लुइड सिल्भर र रेजर ग्रिन रंगमा उपलब्ध छ । यसको मूल्य कम्पनीले ६५ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x