Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित

बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित


काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा प्रदान गर्ने विभिन्न विधाहरूमध्ये पावर एन्ड इनर्जी क्षेत्रतर्फ कम्पनी सो अवार्डबाट सम्मानित भएको हो ।

आईक्यानले आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको थियो । हालै राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई सो अवार्ड प्रदान गरेका थिए । यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ  ।

कम्पनीले हाल नौ दशमलव चार मेगावाट तथा १२ मेगावाट क्षमताका दुई वटा जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६३ हजार ग्राहकलाई विद्युत् वितरण गरिरहेको छ । हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाहरूमा कम्पनीको लगानी रहेको छ । निर्माणको चरणमा रहेको ३७ दशमलव छ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत् आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्व निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिनस्थित करिब छ सय मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाहरू कम्पनीको लगानी रहेको र सात दशमलव आठ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीको योजना रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x