Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ रोजगारदाता तालिम

‘स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ रोजगारदाता तालिम


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सार्न्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सार्न्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार सुरु भएको छ । बुधबारवाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृृद्ध नेपाल) परियोजना र महासंघ काठमाडौबीच भएको सम्झौताबमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिम सुरु भएको हो । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईँले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठ थिइन् ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देवभट्टको पनि उपस्थिति रहेको थियो । तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्देश्य र महासंघको परिचयसहितको भनाइ महासंघका सहायक निर्देशक हरि पौडेलले राखेका थिए । तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रमुख प्रशिक्षकको रूपमा आस्था भट्ट रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x