Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोरिअन बीटूबी समिट २०२४ हुँदै

होरिअन बीटूबी समिट २०२४ हुँदै


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आज शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने दोस्रो संस्करणको सो समिटको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।

बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु ‘आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य’ रहेको छ । समिटमा व्यापारको भविष्यबारे किनोट स्पिच, डिजिटलरूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागि विभिन्न कम्पनीका आधिकारिक डिलर र रिसेलरहरूबीच आफ्नो व्यापार प्रवर्द्धनको अवसर हुनेछ । यसले आयातकर्ता र विक्रेताबीचको ग्यापलाई घटाउने काम गर्ने जनाइएको छ । समिटमा व्यवसायीहरू, कर्पोरेट हाउस, प्रोफेसनलको अभूतपूर्व जमघट साथै नवीनतम्प्रविधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने अध्यक्ष पोदारको भनाइ छ । कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेकलगायत क्षेत्रका एक सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

यस समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । समिटमा क्यान महासंघका ७४ जिल्ला र प्रादेशिक शाखाका प्रतिनिधिहरूलाई अन्य व्यावसायिक संस्था र व्यक्तिहरूसँग परिचित हुने अवसर मिल्ने उनले जनाए । उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x