Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी नार्जो एन ६५ फाइभ जी र रियलमी सी ६३ नेपालमा

रियलमी नार्जो एन ६५ फाइभ जी र रियलमी सी ६३ नेपालमा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ फाइभ जी र रियलमी सी ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६५ फाइभ जीमा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जीजस्ता मुख्य फिचरहरू रहेका छन् भने रियलमी सी ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामारा र ४५ वाटको सुपरभोक चार्जर समावेश रहेका छन् ।

रियलमीको लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले नेपाली बजारमा यी स्मार्टफोनले कम्पनीका प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने बताए । उनका अनुसार नार्जो एन ६५ फाइभ जिको उन्नत फाइभ जी फिचरहरू र सी ६३ को किफायती मूल्यमा नै प्राप्त हुने आकर्षक फिचरहरूले ग्राहकहरूको मन जित्नेछ ।

प्रिमिएम स्टान्डर्डको रियलमी नार्जो एन ६५ फाइभ जी
कम्पनीका अनुसार ६.६ इन्चको डिस्प्ले रहेको रियलमी नार्जो एन ६५ फाइभ जीको १९० ग्रामको हल्का तौलले यो स्मार्टफोन प्रयोग गर्न निकै सहज बनाउँछ । एम्बर गोल्ड र डिप ग्रिनमा उपलब्ध नार्जो एन ६५ फाइभ जी स्टाइलको मामला निकै अगाडि छ । लो ब्लु लाइटमा टीयुभी राइल्यान्डबाट सर्टिफाइड यो स्मार्टफोन उज्यालो कम रहेको ठाउँमा पनि मजाले प्रयोग गर्न सकिन्छ । साथमा हाई बिम मोड ५०० र ६२५ निट रहेको यस स्मार्टफोन उज्यालो घाममा पनि आरामले प्रयोग गर्न सकिन्छ । नार्जो एन ६५ फाइभ जीमा मिडियाटेक डाइमेन्सिटी ६३०० फाइभ जीको दमदार प्रोसेसर समावेश रहेको छ । अक्टाकोर सीपीयु रहेको यस स्मार्टफोनमा एकैपटक धेरै एपहरूको प्रयोग गर्न सकिन्छ ।

५० मेगापिक्सेलको एआई क्यामरा रहेको नार्जो एन ६५ फाइभ जीले आकर्षक फोटो र भिडियोहरू निकाल्छ । यस स्मार्टफोनको क्यामारामा नाइट मोड, स्ट्रिट मोड, प्रो मोड, पोट्रेट मोड र टाइम ल्याप्सजस्ता फिचरहरू पनि उपलब्ध रहेका छन् । साथै, आठ मेगापिक्सेलको प्रन्ट क्यामाराले उत्कृष्ट क्वालिटीको सेल्फी खिच्न र भिडियो कल गर्न सकिन्छ । साथै, यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री उपलब्ध छ । साथमा १५ वाटको सुपरफास्ट चार्जले एकैछिनमा डिभाइसलाई फुल चार्ज गर्न मद्दत पुर्याउँछ । यो फोनमा ६ जीबीको र्याम र १२८ जीबीको स्टोरेज उपलब्ध रहेको छ भने यसको स्टोरेज एसडी कार्ड थपेर दुई टीबीसम्म पुर्याउन सकिन्छ । साथै, छ जीबी भर्चुअल र्याम पनि थप गर्न सकिने यो स्मार्टफोनमा एकै पल्टमा धेरै एपहरू प्रयोग गर्न सकिन्छ ।

नार्जो एन ६५ फाइभ जी मा दुईवटा न्यानो सिम र एउटा एसडी कार्ड राख्न सकिन्छ । साथै, यसमा ब्लुटुथ ५.३, डुअल ब्यान्ड वाईफाई र जीपीएस, ग्यालिलियो, बाइडुजस्ता न्याभिगेसन सिस्टमहरू पनि उपलब्ध हुन्छ । ६+१२८ जीबी भेरियन्टको रियलमी नार्जो एन ६५ फाइभ जी नेपालभर मात्र २१ हजार नौ सय ९९ रुपैयाँ उपलब्ध रहेको छ ।

उच्चतम गुणस्तर स्ट्यान्डर्डको रियलमी सी ६३
यसैगरी रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआई क्यामेरा उपलब्ध रहेको छ । साथै ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गुगल लेन्सजस्ता फिचरहरू पनि समावेश रहेको छ । साथै, ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । ८+८ जीबीको डायनामिक ¥याम र १२८ जीबीसम्मकोे स्टोरेज अप्सन रहेको रियलमी सी ६३ मा थप १६ जीबी भर्चुअल मेमोरी थप गर्न सकिन्छ ।

रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ भने यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएको छ । १६००८८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै, यसले डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्छ । ४५ वाटको सुपरभोक चार्जर समावेश रहेको रियलमी सी ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई एक चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार रियलमी सी ६३ ले डुअल सिम मोड समर्थन गर्छ । साथै, यसमा रहेको ५ गिगाहर्जको वाईफाई, ब्लुटुथ ५.० सहित जीपीएस, ग्लोनास, बीडीएस र ग्यालिलेओलगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् । १६७ दशमलव २६ मिलिमिटरको लम्बाइ, ७६ दशमलव ६७ मिलिमिटर चौडाइको साथ रियलमी सी ६३ जेड ग्रिन र लेदर ब्लु रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यस डिभाइसलाई ह्यान्डल गर्न निकै सहज छ । वान–माइक नोइज क्यान्सलेसनको साथ सुपर लिनियर मोनो स्पिकरहरू पनि रियलमी सी ६३ मा समावेश रहेको छ ।

एन्ड्रोइड १४ मा आधारित रियलमी सी ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेसन र प्राईभेसी अप्सनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ । रियलमी सी ६३ ४+१२८ जीबी स्टोरेज भेरियन्टमा १५ हजार नौ सय ९९ रुपैयाँमा नेपालभर उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x