Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलिट्मस केबल्सको ‘पावर पार्टनर्स मिट’

लिट्मस केबल्सको ‘पावर पार्टनर्स मिट’


काठमाडौं । नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको हायात होटलमा आयोजित सो कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एमईपी, ईपीसी तथा कर्पोरेट पार्टनर्सहरूको सहभागिता रहेको थियो ।

सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो । कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजनाका साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायर जेडएचबारे पनि सहभागीहरूलाई जानकारी गराएको थियो । कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लगभग पाँच दशकको यात्रा र उपलब्धिहरूबारे विस्तृतरूपमा चर्चा गरेका थिए भने कम्पनीका उपाध्यक्ष सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे आफ्ना धारणा राखेका थिए । मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रूपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको पनि बताए ।

सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनीतिक भावी योजनाअन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x