Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो

फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो


काठमाडौं । सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रबार र शनिबार गरिने सो क्याम्पका बारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीहरूले आवश्यक जानकारी प्रदान गर्नेछन् भने थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिँदै सहज वातावरणमा सेवा प्रदान गर्नेछन् । सो क्याम्पमा सीएफमोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङ समेत गराउन सक्छन् । साउन ११ र १२ गते राधेराधेमा स्टल सञ्चालन भएको थियो । चुच्चेपाटी, साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोङ्गबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ । यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिनाभर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यकाबाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ । यसअनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर साउन २० देखि २२ सम्म बिर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ । सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा पाँच प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । रिलायन्स ग्रुपले सीएफमोटो बाइकको आधिकारिक वितरक लिएसँगै बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्धतामा आक्रामक रणनीति लिएको छ । असार महिनाको सुरुवातमै आफ्नो कालोपुलस्थित सर्भिस सेन्टरमा सात दिने क्याम्प सञ्चालनसँगै सुरु गरेको कम्पनीले सो अभियानलाई हाल निरन्तरता दिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x