बीवाईडीद्वारा कालीमाटीमा वृक्षारोपण
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालीमाटीमा वृक्षारोपण गरेको छ । कम्पनीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानअनुसार कालीमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि पाँच सय ५० वटा बिरुवा रोपण गरिएको हो ।
बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षारोपण अभियान सञ्चालन गरेको जनाएको छ । सो कार्यक्रममा मिस नेपाल २०२४ का प्रतियोगीहरूले समेत सहभागिता जनाएका थिए, यसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ । अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको कम्पनीको भनाइ छ । नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिन्छ ।
कालीमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीनरूपमा रहने छ । यसबाट पाँच वर्ष पछि दुई सय ९५ टन अक्सिजन उत्पादन हुुनेछ भने एक सय ११ टन कार्बन स्टोर हुनेछ । त्यसैगरी १० वर्षपछि पाँच सय ९१ टन अक्सिजन उत्पादन हुने र दुई सय २२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११ सय ८२ टन अक्सिजन उत्पादन हुने र चार सय ४३ टन कार्बन स्टोर हुनेछ । साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समीर श्रेष्ठले यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा कम्पनीको समर्पणको प्रमाण रहेको बताए । यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि सहयोग गर्ने द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं. १३ लाई उनले धन्यवाद दिए ।
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरूको लामो समयदेखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायुप्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ । ‘हामीले वृक्षारोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौँ चरा र हजारौँ किरा फट्याङग्राहरूको बासस्थान हुनेछ’, द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले भने । वृक्षारोपणमार्फत समग्र र प्रभावकारी वनजंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ । घना र विविध वृक्षारोपणको विशेषतासहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो । यसले कालीमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने उनको भनाइ छ । अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया