Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ छनौट

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ छनौट


काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको छनौट गरिएको छ । हिल्टन काठमाडौंमा सोमबार आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० जनामध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।

अडिसनको निर्णायक मण्डलमा गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै, मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सीईओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रूपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवं पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइनमार्फत सहभागिता जनाएका थिए । अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिलाहरूलगायत डाक्टर, इन्जिनियर, पाइलटजस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैरनेपाली महिलाहरूको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा तीन दिनपश्चात मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरूले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवनोपयोगी सिपहरू सिकाइनेछ । मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि एक सय देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x