Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौं इन्टरनेसनल एजुकेसनलको इन्डिया इन्फरमेसन सेसन

काठमाडौं इन्टरनेसनल एजुकेसनलको इन्डिया इन्फरमेसन सेसन


काठमाडौं । काठमाडौं इन्टरनेसनल एजुकेसनल एसोसिएटस (केआईइए)ले स्टडी इन इन्डिया प्रोग्रामअन्तर्गत एक इन्फरमेसन सेसन सम्पन्न गरेको छ । उक्त इन्फरमेसन सेसनमा भारतमा अवस्थित क्षत्रपति साहुजी महाराज युनिभर्सिटीको बारेमा महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो ।

छत्रपति साहुजी महाराज विश्वविद्यालयले शैक्षिक उत्कृष्टता र क्षेत्रीय विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । १९६६ मा स्थापित यो विश्वविद्यालय मराठा साम्राज्यका प्रमुख शासक र समाज सुधारक छत्रपति साहुजी महाराजको नाममा नामित गरिएको हो । विश्वविद्यालयको मुख्यालय कानपुरमा स्थित छ । यसमा कला, विज्ञान, वाणिज्य, समाजशास्त्र, कानुन, चिकित्सा, इन्जिनियरिङ र व्यवस्थापनलगायतका विभिन्न शैक्षिक विभाग र कलेजहरू समाविष्ट छन् । विश्वविद्यालयले अन्डरग्रेजुएट, पोस्टग्रेजुएट, र डक्टरेटस्तरका पाठ्यक्रमहरू उपलब्ध गराउने गरेको छ । साथै, डिप्लोमा र सर्टिफिकेट कोर्सहरू पनि प्रदान गर्छ । विश्वविद्यालयमा अनुसन्धान र विकासमा विशेष ध्यान दिइन्छ र विभिन्न अनुसन्धान परियोजनाहरूलाई प्रायोजित गरिन्छ ।

विद्यार्थीहरूको लागि पुस्तकालय, खेल सुविधाहरू, छात्रावास र अन्य सहायक सुविधाहरू उपलब्ध छन् । प्रवेशको प्रक्रिया विभिन्न प्रवेश परीक्षाहरूको माध्यमबाट सञ्चालन गरिन्छ । साथै, छात्रहरूको योग्यताअनुसार चयन गरिन्छ । विश्वविद्यालयको शैक्षिक संरचना र सुविधाजनक वातावरणले यसलाई क्षेत्रीय शिक्षा प्रणालीमा एक प्रमुख स्थान बनाएको छ । इन्फरमेसन सेसनमा क्षत्रपति साहुजी महाराज युनिभसिर्टीका प्रतिनिधिहरूले युनिभसिर्टीमा उपलब्ध कोर्स, फ्यासिलिटिज, स्कलरसिप, फि स्ट्रकचर, अप्लाई प्रोसेस तथा अध्ययनपश्चातको विभिन्न अवसरहरूको बारेमा परामर्श प्रदान गरिएको थियो । उक्त इन्फरमेसन सेसनमा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x