Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअसुसको एआई ल्यापटप नेपाली बजारमा

असुसको एआई ल्यापटप नेपाली बजारमा


काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।

नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेसनलले एक कार्यक्रमका बीच उक्त ल्यापटप सार्वजनिक गरेको हो । तीन वटा प्रोसेसरसहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेसनलका निर्देशक अमित सराफले जानकारी दिए । उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चिपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सीपीयु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको छ । एआई सुविधायुक्तले सीपीयु र जीपीयुलाई फ्रि गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न सक्छ । विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी ¥याम र एक टीभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको ¥यामलाई आवश्यकताअनुसार ३२ जीबीसम्म बढाउने सकिने छ ।

ल्यापटपले १८ घण्टासम्म ब्याट्रीब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडरलगायत सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ । असुस भिभोबुक एस १५ को मूल्य दुई लाख नौ हजार नौ सय रुपैयाँ रहेको छ भने उक्त ल्यापटपको दुई वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको छ । सो सुविधामार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x