रियलमी सी६१ स्मार्टफोन नेपालमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ । रियलमी सी६१ ले यसको ६ आरमोरसेल टफ बिल्ड, इम्प्याक्ट एब्जर्भेसन र व्यापक सुरक्षा सेटिङको साथ नयाँ मानक सेट गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ४८ महिनाको फ्लुएन्सी (चार वर्षको ल्याग फ्रि प्रयोगको ग्यारेन्टी) भएकाले प्रयोगकर्ताहरूले अब चार वर्षसम्म नयाँ फोन चलाएको अनुभव गर्न सक्नेछन् । यो सुविधा यो मूल्यमा आउने स्मार्टफोनहरूमध्ये सबैभन्दा उत्कृष्ट हो । रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले कम्पनीको लक्ष्य नै प्रयोगकर्ताहरूलाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोनहरू प्रदान गर्नुगरेकाले रियलमी सी६१ लाई नेपालमा ल्याइएको बताए । कम्पनीका अनुसार रियलमी सी६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्ससहित आउँछ । बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकाले यो फोन अरु प्रतिस्पर्धीहरूभन्दा उत्कृष्ट छ । आरमोरसेल प्रोटेक्सन र टीयुभी रेनल्यान्ड हाइ रिलायबिलिटीको प्रमाणपत्रले यसको उत्कृष्ट गुणस्तर निर्माणलाई थप प्रमाणित गर्ने कम्पनीको दाबी छ ।
रियलमी सी६१ ले १० लाख वटा बटन प्रेस परीक्षण, ४० हजार वटा युसबी प्लग/अनप्लग परीक्षण र १४ हजार वटा माइक्रो ड्रप परीक्षणसहित तीन सय २० भन्दा धेरै कडा गुणस्तर परीक्षणहरू पार गरेको छ । यस्तै, रियलमी सी ६१ शक्तिशाली अक्टा–कोर चिपसेटद्वारा सञ्चालित छ । यो चिपसेटले सहज गेमिङ पर्फमेन्स र चुस्त मल्टिटास्किङ सुनिश्चित गर्छ । पावर प्याक युनिसोक टी६१२ चिपसेटले पनि गेमिङलाई सहज बनाउनुको साथै एपहरू पनि छिटो खुल्छन् । यसमा ३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको छ । साथै, यसको एड्भान्स्ड फोटोग्राफी एल्गोरिदमले प्रयोगकर्तालाई अझ सटिक र जीवन्त रङहरू निकाल्न सक्षम बनाउँछ । यो फिचरले गर्दा रियलमी सी६१ लाई यो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट फोन बनाएको छ । ४–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयर भएकोले चार वटा पिक्सेललाई एउटै बनाएर ठूलो बनाउन सकिन्छ ।
यो फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यसको सिंगल चार्जमा ३० घण्टा भन्दा बढी भ्वाइस कल गर्न सकिन्छ । साथै १००० चोटी चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८० प्रतिशतसम्म कायम रहन्छ । ७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी६१ चलाउन पनि उत्तिकै सहज छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया