Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

जिकर नेपाल आउँदै


काठमाडौं । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । जिकर ब्रान्ड नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्ने अन्तिम तयारीमा जुटेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमा सार्वजनिक गर्न लागेको जिकर एक्स डुअल–मोटर अल–ह्विल ड्राइभ(एडब्लुडी) र सिङ्गल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्लुडी) गरी दुई भेरियन्टमा रहेका छन् । जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभी हो, जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । जिकर एक्सले एक पृथक डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकमाझ छुट्टै पहिचान स्थापना गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्नेछ ।

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ । यसले सिङ्गल–मोटर, रियर–ह्विल–ड्राइभ, लङ्ग रेन्ज मोडलमा चार सय ४० किमि को डब्लुएलटिपि रेन्ज प्रदान गर्छ । एक सय ५० किलोवाटको डिसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट शतप्रतिशत चार्जसम्म जम्मा चार घण्टाभित्र पूरा गर्ने जनाइएको छ । पायोनियर मोटोकर्पका निर्देशक सन्दीपकुमार शारडाका अनुसार ‘जिकर एक्स’ गतिशील सहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो । यस्ले उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयुभीको बढ्दो मागलाई पूरा गर्ने उनले बताए ।

जिकर एक्सको आधुनिक र ‘एरोडाइनामिक’ डिजाइनले यसलाई अरू एसयुभीभन्दा अझै सरल, सुन्दर र सुविधासम्पन्न गाडीको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ । गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’ र इन्ट्रिगेटेड डबल–एज्ड एलईडी डीआरएलको आकर्षण पाउन सकिन्छ । साथै, जिकरको ‘इन्टेलिजेन्ट बि–पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका) मा देखाउँछ ।

गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिएको छ । साथै, सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’को पनि सुविधा रहेको छ । यसमा १४ दशमलव छ इन्चको टचस्क्रिन डिस्प्ले, आठ दशमलव आठ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ । सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ । यसअन्तर्गत सात वटा एयरब्याग, इन्टर्नल एन्टीकोलिजन बिम रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x