दिपलको पोखरा विक्रेतामा हिमालय मोटरक्स
काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक विक्रेतामा हिमालय अर्गनाईजेसनअन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको छ ।
पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको सोरुममा गई दिपल गाडी बुकिङ गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राइभको लागि एक साताभित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरू उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ गर्ने ग्राहकलाई एक साताभित्रै गाडी उपलब्ध गराइने कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयुभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ ।
नेपालमा यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिंगल चार्जमा चार सय १० देखि चार सय ८५ किमि रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको आयम इन्टरकन्टिनेन्टल प्रालि फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया