ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६को प्रि–अर्डर
काठमाडौं । सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६को प्रि–अर्डर सुरु भएको जनाएको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६को लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सो स्मार्टफोनको प्रि–अर्डर साउन १५ मा समाप्त भएको थियो । यी फोल्डेबलहरू अब बजारमा उपलब्ध हुने जनाइएको छ । कम्पनीका अनुसार नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरू हुन् । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि रहेको जनाइएको छ । डुअल रेल हिङ संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस दुई पनि छ । यसले अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको कम्पनीको दाबी छ ।
ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् । साथै, अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्य सम्पादनको संयोजन गर्ने कम्पनीको भनाइ छ । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ । ग्यालेक्सी जेड फोल्ड ६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीयरूपमा वृद्धि गर्न एआई सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्ने जनाइएको छ । यसैगरी सामसङको गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्णरूपमा एकीकृत भएको छ । यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–सञ्चालित सहायक उपलब्ध गराउँछ ।
कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ६ (१२+२५६ जीबी) को मूल्य नेपालमा एक लाख ५४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको । यस्तै, ग्यालेक्सी जेड फोल्ड ६ (१२+२५६ जीबी) को मूल्य दुई लाख ३४ हजार नौ सय ९९ रुपैयाँ र (१२+५१२ जीबी) भेरियन्टमा दुई लाख ४० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोनहरू सिल्भर स्याडो, ब्लु र न्यभी कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, यी फोनहरू हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा पनि किन्न सकिन्छ । ग्यालेक्सी जेड फोल्ड छ हजार आठ सय ५४ रुपैयाँ प्रतिमहिना र ग्यालेक्सी जेड फ्लिप ६ को चार हजार पाँच सय २१ रुपैयाँ प्रतिमहिनाको दरमा किन्न सकिने कम्पनीले जनाएको छ । यी नयाँ फोल्देबलहरूका लागि सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनका लागि डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको छ ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डरमा आर्कषक अफरहरू समेत घोषणा गरेको थियो । कम्पनीले अफरअन्तर्गत मोबाइल कभरका साथै पहिलो पाँच सय प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अनसिम प्राप्त गर्नेछन् । यसमा १७ जीबी डाटा, चार सय ९९ मिनेट कल र चार सय ९९ एसएमएस प्रत्येक महिना छ महिनासम्म निःशुल्क रहेको छ । सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षका लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ । यस्तै, आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबैको फोन र अर्को स्टोरमार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया