‘स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा मधेश प्रदेशका रोजगारदाताहरूका लागि वीरगञ्जमा आयोजित तीन दिने तालिमको बुधबार उद्घाटन समारोहमा वैद्यले सो कुरा राखेका हुन् ।
कार्यक्रममा वैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरूलाई स्याहार काम के हो भन्ने जानकारी गराउनु रहेको बताएका थिए । साथै, यसको अर्थतन्त्रमा योगदान विषयबारे जानकारी र साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नु रहेको उल्लेख गरे । त्यस्तै, स्याहार कामको लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भए पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको उनले बताए । अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार सँगसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरूको उत्तिकै जिम्मेवारी रहेकाले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सशक्त महिला सम्बृद्ध नेपाल परियोजनासँगको सहकार्यमा मधेश, कर्णाली र सुदूरमश्चिम प्रदेशहरूमा कार्यक्रम गरिँदै आइरहेको जानकारी दिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका समावेशी वृद्धिमा प्राविधिक विशेषज्ञ अक्साना लिप्कानुले परियोजनाको शीर्षकले नै महिला तथा बालिका केन्द्रित रहेजस्तो देखिए पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवर्द्धन पनि रहेको बताइन् । त्यसैगरी महासंघका केन्द्रीय सदस्य तथा व्यापार समिति सदस्य सुबोध गुप्ताले वीरगञ्ज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकाले त्यसको सुनिश्चित नहुँदा उनीहरूको जीविकोपार्जनमा असर परेको बताएका थिए । कार्यक्रमका महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुनुपर्ने विषय भएको बताए ।
तीन दिने तालिम उद्घाटन कार्यक्रम नेउवामहासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उनले यस्ता पैरवीका कार्यक्रमहरूसँगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्व पर्नेमा जोडदिएका थिए । कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, व्यावसायिक प्रतिस्थानका साथै श्रम रोजगार कार्यालय वीरगञ्ज नगरपालिकाबाट झन्डै करिब ६५ जनाको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया