Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा खुल्यो राष्ट्रिय पोशाक घर

पोखरामा खुल्यो राष्ट्रिय पोशाक घर


पोखरा । काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घर पोखरामा विस्तार गरिएको छ । पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा करिब एक करोड लगानीमा शाखा विस्तार गरिएको हो । ईजी ग्रुपले सञ्चालन गरेको पोशाक घरमा दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङमा स्थानीय उत्पादनलाई जोड दिइने भएको छ ।

पोशाक घर ढाकाटोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंमा खोलिएको ईजी ग्रुप संस्थापक रामप्रसाद कँडेलले जानकारी दिए । नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा विस्तार गरिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले बताए । ईजी ग्रुपले पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, एनजीओ, आईएनजीओ मललगायतमा कामदार उपलब्ध गराउँदै आएको छ । ईजी ग्रुपअन्तर्गत पोखराको लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ । ईजीले गोर्खाल्यान्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउँदै आएको छ । ईजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामग्री बिक्री गर्ने गरेको छ ।

ईजी ट्रेडिङका नाममा सरसफाइका सामानको बिक्री भइरहेको संस्थापक कंडेलले बताए । ईजीले पोखराका विभिन्न क्षेत्रमा ५० करोड रुपैयाँभन्दा बढी लगानी विस्तार गरेको छ । पोशाक घरका पोशाकको गुणस्तरमा एकैरूपमा दिन काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको कँडेलले बताए । पोखरा शाखामा तानबाट बुनिएका अल्लो, लोक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिइनेछ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाश सपूतलगायतले पोखरा न्युरोडस्थित शाखाको शुभारम्भ गरेका थिए ।

संघका अध्यक्ष प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा ईजी ग्रुपले नवीन काम गरिरहेको बताए । उनले पोखरामा पोशाक घर पनि सफल हुने बताए । नाफा मात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा ध्यान दिन उनले आग्रह गरे । गायक प्रकाश सपूतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको गायक सपूतको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x