Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी सी३ स्मार्टफोन सार्वजनिक

रियलमी सी३ स्मार्टफोन सार्वजनिक


काठमाडौँ, असार ११
रियलमीले ‘ट्रिपल क्यामेरा, गेम मोनिस्टर’ रियलमी सी३ स्मार्टफोन सार्वजानिक गरेको छ । कम्पनीका अनुसार रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो, जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् ।

रियलमी सी३ प्रदर्शन, व्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस स्मार्टफोनमा ट्रिपल एआई क्यामेरा रहेको छ । सी३ मा १२ एमपी प्लस २ एमपी प्लस २ एमपी रियर क्यामेरा सेटअप छ । रियर मुख्य क्यामेरामा एफ१.८ ठुलो अपर्चर र १.२५ मेगा पिक्सल साइज रहेको छ । यसले चार गुणासम्म जुम गर्न सक्छ र पिडिएएफ अटोफोकस समर्थन गर्दछ । ४ सीएम सुपर म्याक्रो लेन्सले सानो वस्तुहरु खिच्दा अधिक जानकारी दिन्छ । ट्रिपल रियर क्यामेराले हाडवेयर लेबल बोकह समर्थन गर्दछ । कम्पनीका अनुसार रियलमी सी३ मा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता रोमान्चक विशेषताहरु छन् जुन यस सेगमेन्टमा पाउन निकै मुस्किल छ ।

पिक्सल लेबल म्यापिङ्ग अल्गोरिदमको माध्यमबाट क्रोमा बुस्टले ब्राइटनेस र कलर पुनस्र्थापित गर्दै उत्तम डाइनामिक रेन्ज, स्क्रिन कन्ट्रास्ट र भिभिड कलर प्रदान गर्ने कम्पनीको दाबी छ । यसबाहेक, क्यामेराले स्वचालित एचडिआर मोड समर्थन गर्दछ । यसलाई खोलेपछि, अधिक विवरण र थुप्रै कलरका साथ अचुक तस्वीरका लागि हाइलाइट र डार्क डिटेल राख्न सकिन्छ । यो क्यामेराले १०८०पी भिडियो सुटिंग र १२०एफपीएसमा स्लो—मोसन भिडियो खिच्न सकिन्छ । यसको अगाडि ५ एमपी सेल्फी क्यामेरा छ । सेल्फी क्यामेराले एआई व्युटिफिकेशन फंसन, एचडीआर मोड, पोट्रेट मोड र प्यानो सेल्फी विशेषता समर्थन गर्दछ जसले गर्दा व्यापक सेल्फी लिन सकिन्छ ।

यसैगरि रियलमी सी३ मा स्टाइलिस डिजाइन र डिस्प्ले रहेको छ । यसमा ६.५ इन्च एचडी प्लस मिनी ड्रप डिस्प्ले रहेको छ । रियलमी सी३ को रोमान्चक नयाँ कलर ब्लेजींग रेड र फ्रोजन ब्लुको डिजाइन हट लाभा र कोल्ड ग्लेसियरबाट प्रेरित भएको हो । प्लास्टिक मोल्डमा लागू गरिएको उत्कृष्ट अप्टिकल टेक्सचर पोलिसिंग, रेडियम कार्भिङ्ग र स्यान्डब्लास्टिङ्ग टेक्नोलोजी संयोजन गरेर बनाइएको छ । रियलमी सी३ ले मिडियाटेक हेलियो जी७० प्रोसेसर प्रदान गर्दछ जुन यस सेगमेन्टकै उत्तम हो र यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिंग टेक्नोलोजी छ ।

उच्च स्पिड कनेक्सनका लागि फोनमा डुअल वाईफाईको विशेषता छ जसले निबोध रुपमा तीव्र कनेक्सनका लागि अप्टिमल व्यान्डमा स्वीच गने अनुमति दिन्छ । यसका साथै मल्टिमिडिया प्रयोगमा, रियलमी सी३ मा मिडिया टेक हेलियो जी७० को डिस्प्ले लेटेन्सी अप्टिमाइजेसन छ जसले तीव्र प्रतिक्रिया समय, अझ बढि उचित स्क्रिन कन्टोल दिनुका साथै टच स्क्रिनको फ्लुडिटी वृद्धि गर्दछ । साथै अवलोकन अनुभवलाई बढाउँदै मिडिया टेक हेलियो जी७० मा प्रिमियम पिक्चर क्वालिटी छ जसले वास्तविक रंगहरु समर्थन गर्दछ ।

रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २५६जीबीसम्म एक्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ । यस स्मार्टफोनमा ठुलो ५ हजार एमएएच व्याट्री छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्ने कम्पनीले जनाएको छ । रियलमी सी३ पहिलो रियलमी स्मार्टफोन हो जुन रियलमी यूआईका साथ एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई अधिक र एन्ड्रोइड अनुभवको नजिक पुग्नका लागि राम्रोसंग निर्मित गरिएको कम्पनीको दाबी छ । रियलमी यूआई चारवटा चीजहरुमा केन्द्रित रहेर डिजाइन गरिएको छ, जुन चीजहरु सस्टमको कलर, आइकन, वालपेप्पर र एनिकेसन रहेका छन् ।

कम्पनीका अनुसार रियलमी सी३ को मूल्य १६ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । रियलमी सी३ दुई कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ । असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी३, ३जीबी -याम र ३२जीबी स्टोरेजका साथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x