Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा पौडेल

कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा पौडेल


पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा लेखनाथ पौडेल निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न २३औँ साधारणसभा एवं १२औँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

पौडेल यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । यस्तै, संस्थाका वरिष्ठ उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, उपाध्यक्षमा चोकबहादुर गुरुङ छन् । यसअघि तिमिल्सिना उपाध्यक्ष र गुरुङ महासचिव थिए । अधिवेशनले एसोसिएसनको महासचिवमा पूर्णबहादुर थापा, सचिवमा ममता गुरुङ, कोषाध्यक्षमा रोशनलाई निर्वाचित गरेको छ । कार्यसमिति सदस्यमा नारायण अधिकारी, दीपेन्द्रराज आचार्य, विकास भालोठिया, विजय विक्रम दाहाल र राजु सुनुवार छन् । संस्थाका कानुनी सल्लाहकार अधिवक्ता दयाराम गौतम संयोजक, पूर्वअध्यक्षद्वय जनकराज पराजुली र यमनाथ तिमिल्सिना सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाको उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले व्यवसायीलाई उपभोक्ताको हितमा ध्यान दिन सुझाव दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x