१० हजारभन्दा बढीले गरे टेक एक्सको अवलोकन
काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड इकमर्सले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, अध्येयता, राजनीतिकर्मी तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ । कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेका परियोजनाहरु प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हरि ढकाल र विभिन्न पार्टीका नेता तथा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रेमश खरेलले अवलोकन गरेका थिए । प्लस टु तह पूरा गरेका र अध्ययनरत विद्यार्थीका साथै सूचना प्रविधिका उद्यमीहरुको पनि उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ ।
प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने, अध्ययन गर्न चाहनेलगायतलाई लक्षित गरी सुरु गरिएको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको कलेजका निर्देशक अमृत थापाले बताए । ‘प्रदर्शनीमा अवलोकनकर्ताको भीडले हामीलाई हौसला मिलेको छ, प्रदर्शनी प्रविधिमा रुचि राख्नेहरुसँगै राजनीतिककर्मीहरुको सहभागिताले विशेष बनेको छ’, उनले भने ।
प्रदर्शनीमा सञ्चालित रोबो मेनियामा एक्सर पहिलो भएको थियो । यस्तै दोस्रो स्थान डिस्ट्रक्टरले पायो भने तेस्रो स्थानमा बोटमाइन्ड्स रह्यो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । प्रदर्शनीमा रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, विद्यार्थीहरुले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट राखिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया