‘हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील’
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले हस्तकला उद्योग व्यवसायको विकासको लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
नेपाल हस्तकला महासंघले बागमती प्रदेशको नवगठित सरकार मुख्यमन्त्री र मन्त्रीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा लामाले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसँग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा सहयोग गर्ने बताए ।
यस्तै, महासंघसंग समन्वय गरी हस्तकला विकाससम्बन्धी कार्यहरू अघि बढाउने उनले प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवर्द्धनका सम्बन्धमा गर्नुपर्ने कार्यहरूको बारेमा ध्यानाकर्षण गराएका थिए । सार्क हस्तकला विकास केन्द्रको सञ्चालन, प्रदेश हस्तकलाग्राम स्थापना र सञ्चालन हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेशकला विश्वविद्यालयको स्थापना र सञ्चालनका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा मुख्यमन्त्री लामासहित सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ), श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन तथा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया