Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोन्डा कारमा एयरब्याग परिवर्तन गर्न कम्पनीको आग्रह

होन्डा कारमा एयरब्याग परिवर्तन गर्न कम्पनीको आग्रह


काठमाडौं । नेपालमा चलिरहेका सात सय होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक रहेको स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ । नेपालमा होन्डा कारको आधिकारिक वितरक सो कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको हो ।

कम्पनीले सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने जनाएको छ । यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर विनम श्रेष्ठले बताए । यसका लागि कम्पनीसँग सम्पर्कमा आउन उनले ग्राहकलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x