दिगो पर्यटन क्लबका विद्यार्थीलाई पर्यटन फोटोग्राफी तालिम
काठमाडौं । राष्ट्रिय दिगो पर्यटन क्लबका विद्यार्थीलाई पर्यटन फोटोग्राफी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटन तथा पर्यटन फोटोग्राफीका बारेका जनचेतना अभिवृद्धि गर्दै सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिने उद्देश्यका साथ उनीहरूलाई एक दिने पर्यटन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्तरूपमा सञ्चालित जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको आयोजना तथा द ग्लोबल ट्राभल एन्ड टुरिजम पार्टनरसिपमा आबद्ध टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्टिच्युटको सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न १० वटा विद्यालयका ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया