Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहाइपरसको नेपाली उद्यमीको जमघट कार्यक्रम

हाइपरसको नेपाली उद्यमीको जमघट कार्यक्रम


काठमाडौं । बिमस्टार्ट र हाइपरसले संयुक्तरूपमा नेपाली उद्यमीलाई एकै ठाउँमा ल्याएर जमघट कार्यक्रम आयोजना गरेका छन् ।

हालै पुल्चोकको द इन्ट्रेन्स क्याफेमा भएको सो उद्यमशील जमघट कार्यक्रममा नवीनता, साझेदारी र नेपालको व्यवसाय पारिस्थितिको सम्भावनाहरूप्रति विशेष छलफल गरिएको थियो । यो छलफल नेपालमा नवीनता, नेटवर्किङ र व्यवसाय बढाउनको लागि एक महत्वपूर्ण कदम भएको आयोजकको दाबी छ । जहाँ निर्णयकर्ता, व्यवसायी र आकांक्षी उद्यमीहरू एकत्रित भएर अवसरहरूको खोजी गर्न र बढ्न सक्थे । बिमस्टार्टले २५ भन्दा बढी देशहरूमा दुई सयभन्दा बढी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै, ५० हजार बढी सहभागीहरूलाई आकर्षित गरेको छ । यसले पहिलोपटक नेपालमा यसको विशिष्ट नेटवर्किङ र व्यवसाय समर्थ विशेषता विस्तार गरेको छ ।

डिजिटल व्यवसायहरूको क्षेत्रमा अपेक्षाकृत अज्ञात संस्था हाइपरससँगको साझेदारीले नेपालको उद्यमशील पारिस्थितिकी तन्त्र र यसको सदस्यलाई अन्तर्राष्ट्रिय कम्पनीहरू र व्यक्तिहरूसँग नेटवर्क र साझेदारी गर्ने मौका प्रदान गरेको कम्पनीले जनाएको छ । यो कार्यक्रमले स्थानीय व्यवसाय परिदृश्यमा यसको गहिरो प्रभाव अन्वेषण गर्नमा संलग्न भयो जसले तिनीहरूलाई विभिन्न माध्यमबाट बढ्न सहयोग पु¥याएको दाबी गरिएको छ । कार्यक्रममा स्टार्टअपहरूले आफ्नो उत्पादनहरू लक्षित ग्राहकहरू र लगानीकर्ताहरूसँग प्रदर्शन गर्ने खुला बिक्री सत्र पनि समावेश थियो । यस्तै, वित्तीय योजना र लगानीको लागि विशेष आकर्षण इ–लर्निङ सत्र थियो, जुन अधान्त्य फन्ड म्यानेजमेन्टद्वारा आयोजित गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x