त्रिवेणी मोटोकप कामा ब्रान्डको ईभी बिक्री सुरु
काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसको बिक्री वितरण सुरु गरेको छ ।
कमर्सियल र प्यासेन्जर दुवै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय कम्पनीले चीनबाट इलेक्ट्रिक भेहिकलहरू आयात गरी बिक्रीवितरण सुरु गरेको हो । त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडोङ्ग कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात इलेक्ट्रिक भेहिकलहरू आयात गर्न थालेको छ । स्याङडोङ कामा अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्मातामध्येका एक रहेको छ । यसका कम्पनीका उत्पादनहरू विश्वका ६० देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।
हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पिकअप भ्यानको बिक्री वितरण सुरु गरेको जनाएको छ । बिजुली गाडीको प्रवर्द्धनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । ११ र १४ सिट क्षमताको कामा ईभी माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमि रेञ्ज प्रदान गर्ने गर्छ । कामाका सबै इलेक्ट्रिक भ्यानहरूमा सीएटीएल ब्याट्री जडित रहेका छन् ।
कम्पनीले उक्त रेञ्जहरू ४० किमि प्रतिघण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ । यसैगरी बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परीक्षण गर्दा दुई सय ५० किमिको रेञ्ज सजिलै पाइनेछ । कम्पनीले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना पनि गरिसकेको जनाएको छ । साथै, आवश्यक पार्ट्सहरूको व्यवस्था पनि गरिसकेको जनाएको छ । कम्पनीले सर्भिससम्बन्धी व्यवस्थाहरूको निरीक्षण तथा भ्रमण गर्न ग्राहकहरूसँग अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया