कोका–कोला सक्षम एक्सिलिरेटर एन्ड मेन्टरसिप विजेता घोषणा
काठमाडौं । कोका–कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सञ्चालन गरेको सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रमको विजेता घोषणा गरेको छ । कम्पनीले सक्षम एक्सिलिरेटर एन्ड मेन्टरसिप प्रोग्रामका लागि गत अप्रिलमा महिला उद्यमीहरूसँग आवेदन आह्वान गरेको थियो । कम्पनीले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज र जनकपुरका महिलाहरूले उत्साहजनक सहभागिता जनाएका थिए । साथै, उनीहरूले रोचक विचार र व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए । कम्पनीका अनुसार आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाइनलिस्टहरू चयन गरिएका थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रिन सर्कल), सविना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (ईको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।
उनीहरूले गत जुलाई २६ मा एलायन्स फ्रान्काइज काठमाडौं (एएफके) अडिटोरियम, जावलाखेलमा भएको कार्यक्रममा आफ्ना व्यावसायिक योजनाहरू निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए । जजहरूको प्यानलमा एफएनसीसीआईकी चेयरपर्सन जुना माथेमा, हर्वेद बोटानिकलकी फाउन्डर डा प्रतिभा पाण्डे र कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारी थिए । उनीहरूले रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रिन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल, प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरेका थिए । विजेता प्रत्येक व्यवसायले एक लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका थिए ।
सो पुरस्कार कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रालि कि संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए । बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर दीपक सेन्थिल नाथले सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउन सहयोग गरेको बताए ।
नेपालमा कोका–कोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्राम धेरै महिलाहरूको लागि आशा र अवसरको ज्योति भएको बताइन् । एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले युवा महिला उद्यमीहरूलाई उनीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सिर्जना गरिरहेको जानकारी दिइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया