चन्द्रनिगाहपुरमा महिन्द्राको दोस्रो थ्रीएस सुविधासहितको शोरुम
काठमाडौं, मंसिर २९
अग्नि ग्रुपले रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्र्याक्टरसहितका सवारीसाधनहरूको नयाँ ‘थ्रीएस सेटअप’सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न शृङ्खलाका सवारीसाधन र ट्र्याक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’सहितको शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर, रौतहट– ५का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं ३ का वडाध्यक्ष बोधनाथ देवकोटाको उपस्थितिमा शुक्रबार उद्घाटन गरिएको हो ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ थ्रीएस शोरुम स्थापना गरिएको बताइएको छ । उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको कम्पनीको दाबी छ । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै शृङ्खलाका उत्पादनहरू स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
अग्नि ग्रुपका स्थानीय बिक्रेता स्नेहा मोटो कर्प प्रालि चन्द्रनिगाहपुर, रौतहटका प्रबन्धनिर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारीसाधनहरू, एसयूभी, पिकअप र ट्र्याक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहनेछन् भने शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारीसाधनहरू र ट्र्याक्टरहरूका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउनेछ । यो शोरुमले ग्राहकहरूले आफ्नै परिवेशमा यस्ता सवारीसाधनहरूमा सहजै प्राप्त गर्ने उनीहरूको अपेक्षा पूरा गर्नेछ । कम्पनीका अनुसार महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको नयाँ थ्रीएस सेटसहितको शोरुम तथा सर्भिस सेन्टरको स्थापनासँगै आउँदा दिनहरू यस क्षेत्रका ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया