Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा हरित रोजगारी सिर्जना परियोजना

पोखरामा हरित रोजगारी सिर्जना परियोजना


पोखरा । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडीपीको साझेदारीमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयन हुन लागेको छ ।

परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्ने जनाइएको छ । यस्तै, परियोजनाले ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमलाई व्यवसाय इन्क्युबेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमलाई बढावा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संशाधनको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चिततासहित परियोजनाको स्वामित्व समेत लिनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकलमार्फत हरित रोजगारी सिर्जना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताए । परियोजनामा कोइकाले नौ दशमलव आठ मिलियन अमेरिकी डलर र युएनडीपीले शून्य दशमलव ८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अपसाइकलमार्फत नयाँ सामग्री उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । यस परियोजनाअन्तर्गत एक कोसेली घरसमेत निर्माण हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, महानगर
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x