Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्रिकेटर आरिफ र आसिफ टेक्नो नेपालको ब्रान्ड एम्बेसडर

क्रिकेटर आरिफ र आसिफ टेक्नो नेपालको ब्रान्ड एम्बेसडर


काठमाडौं । टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले उनीहरूलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी गराएको हो ।

साथै, कार्यक्रममा कम्पनीले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो । युवा र ऊर्जावान खेलाडीहरूका रूपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ ।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । उनीहरूको खेलकुदप्रतिको समर्पण कम्पनीको ब्रान्डको स्टप एट नथिङसँग मेल खाने उनको भनाइ थियो । कार्यक्रममा क्रिकेटरद्वय आरिफ र आसिफ शेखले यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए । टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले १० प्रतिशत बजार हिस्सा ओगटेको बताइएको छ ।

टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो । टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने एक सय दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो । साथै, टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा विक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित रहेको कम्पनीले जनाएको छ । टेक्नो नेपालले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने आफ्नो मिसन जारी राख्ने तयारी गरेको पनि जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x