Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सले कुवेतमा पुन: उडान सुरु गर्ने

हिमालय एयरलाइन्सले कुवेतमा पुन: उडान सुरु गर्ने


काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स, हिमालय एयरलाइन्सले कुवेतमा उडान पुनःसुरु गर्ने भएको छ । कम्पनीले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्न लागेको हो । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै कम्पनीले आफ्नोे सिधा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

यसैगरी, काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । साथै, कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ ।

कम्पनीले काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछ । यस्तै, मागको आधारमा उडानहरू थप्ने योजना बनाएको कम्पनीले जनाएको छ । काठमाडौं–कुवेत उडान (एच९ ५७१), काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समयअनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौं उडान (एच९ ५७२), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ः५० मा काठमाडौं अवतरण गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x