होटल व्यवसायीको समस्या समाधान गर्न माग
काठमाडौं । होटल तथा गेस्ट हाउस व्यवसायीले होटल क्षेत्रका समस्या तत्काल समाधान गर्न सरकारसमक्ष आग्रह गरेका छन् । हालै भएको एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघको १२ औँ साधारणसभामा उनीहरूले अनुगमनका नाममा राज्यले होटल तथा गेस्ट हाउस व्यवसायीमाथि अनावश्यक दुःख दिंदा व्यवसायीको आत्मसम्मानमा समेत ठेस पुगेको गुनासो गरेका छन् ।
साधारणसभामा संघका अध्यक्ष सरोज आलेले आर्थिक मन्दीको असरले आफूहरूको व्यवसाय चुनौतीपूर्ण बनेको बताए । ‘देशको पर्यटन प्रवद्र्धनमा हामीले महत्वपूर्ण योगदान पुर्याइरहेका छौँ । तर, दर्ता प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीले अनावश्यक दुःख झेल्न बाध्य छन् । स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म दर्ता गर्नुपर्ने झन्झट छ,’ उनले भने । अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै उनले व्यवसायीले सम्मानपूर्वक एवम् व्यवस्थित ढंगले व्यवसाय गर्ने वातावरण तीनै तहका सरकारले बनाउनुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्यम–व्यवसाय गर्नेलाई सम्मानको नजरले हेर्नुपर्ने बताए । पर्यटकलाई आकर्षित गर्न समाजलाई समेत सचेत गराउन आवश्यक रहेकोमा पनि उनले जोड दिए । मुख्यमन्त्री लामाले बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर त्यसको विकास गर्दै लगिने बताए । ‘बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया