एमएडब्लु वृद्धिको बर्दिबास र पोखरामा नयाँ सोरुम
काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिबास र पोखरामा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । यो अत्याधुनिक सुविधासम्पन्न सोरुम बर्दिबासमा मधेश प्रदेशकी कानुनराज्य मन्त्री श्रद्धादेवी थापाले साउन २५ गते र पोखरामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री राजीव गुरुङले साउन २७ गते सोरुमको उद्घाटन गरेका थिए ।
सोरुममा फोटोन र सोकोनका कमर्सियल गाडीहरूको उपलब्ध छ । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता)को आधिकारिक वितरकको रूपमा कम्पनीले हाइरुफ ईभी भ्यान, टुनल्यान्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ । साथै, कम्पनीले सोकोन मोटर्सको बहुमुखी ईसी३६ भ्यान पनि उपलब्ध गराएको छ, जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश छन् ।
कम्पनीको बिक्री प्रबन्धक मुख नवीन आचार्यका अनुसार, फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडीहरू बर्दिबास र पोखरा सोरुमबाट बिक्री गरिनेछन् । जसमा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधनहरू उपलब्ध हुनेछन् । कम्पनीसँग नेपालभरि २० वटा सेवा केन्द्रहरू रहेका छन्, जहाँबाट विद्युतीय सवारी साधन र ब्याट्रीको सेवा प्रदान गरिनेछ । प्रतिस्पर्धी सवारी साधनहरूको ब्याट्रीमा पनि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया