Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजार‘नाडा अटो सो–२०२४’ आयोजना हुँदै

‘नाडा अटो सो–२०२४’ आयोजना हुँदै


ललितपुर । आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो सो २०२४’ आयोजना गरिने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘अटो सो’ गर्न लागिएको जानकारी दिएको छ ।

दुई दशक अघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एसोसिएसनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो सो २०२४ गर्न लागिएको नाडा अटो सो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराए ।

बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रेब्रान्ड, १९ वटा दुईपाङ्ग्रे ब्रान्डहरू र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनीमा रहनेछन् ।

‘३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टमा विशेषज्ञह रहनेछन्, सात वित्तीय संस्थाहरूले विशेष रूपले अनुकूल वित्तीय समाधान प्रदान गर्नेछन् । प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले एक सय ३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्’, उनले भने ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x