राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकतामा जोड
काठमाडौं । नेपालमा राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन र टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीको सहयोगमा आयोजना गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी परामर्श कार्यक्रममा सहभागीहरूले समावेशी साइबर सुरक्षा नीति विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालका अध्यक्ष चिरञ्जीवी अधिकारीले व्यापक राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकतामा जोड दिए । नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्नुपर्ने उनको भनाइ थियो । यसले बढ्दो साइबर खतराहरूबाट जोगाउन र देशका डिजिटल सम्पत्तिहरूको दीर्घकालीन लचिलोपन सुनिश्चित गर्न मद्दत पुर्याउने बताए । पूर्वडीआईजी डा राजीव सुब्बाले आगामी पुस्ताका साइबर सुरक्षा विशेषज्ञहरूलाई तयारी गराउन व्यावहारिक सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रमहरूलाई सुधार गर्नुपर्ने माग गरे । उनले हालका शैक्षिक संरचनाहरूलाई पुनःमूल्याङ्कन गरी विद्यार्थीहरूलाई साइबर खतराहरूको सामना गर्न आवश्यक विशेषज्ञता प्रदान गर्न आवश्यक रहेको बताए ।
फिनटेक विशेषज्ञ गणेश घिमिरेले अन्तर्राष्ट्रिय वित्तीय लेनदेनमा रहेका साइबर सुरक्षा कमजोरीहरूलाई उजागर गरेका थिए । यी लेनदेनहरूलाई सुरक्षित बनाउन सुरक्षा उपाय सुदृढ गर्र्नुपर्नेमा उनले जोड दिए । उनले सुरक्षित सीमापार आर्थिक गतिविधिहरूको लागि नियामक र प्राविधिक सुधारहरू आवश्यक रहेको बताए । इनफो डेभलपर्सका रेशम भण्डारीले ग्रासरुट लेभलमा साइबर सुरक्षाको बारेमा चेतना जगाउनुपर्ने बताए । यसले सुरक्षित डिजिटल वातावरणको सिर्जना गर्न मद्दत गर्ने उनको भनाइ छ । यस्तै, शरदचन्द्र प्याकुरेलले अहिलेका अनुकूल नीति हुँदाहुँदै पनि कार्यान्वयनको गति ढिलो रहेको उल्लेख गरे । प्याकुरेलले नीति निर्माण र कार्यान्वयन बीचको खाडललाई स्पष्ट गर्दै यस खाडललाई मेटाएर मात्र साइबर सुरक्षामा सार्थक प्रगति सम्भव हुने उनले बताए । वीरेन्द्र सिंह धामीले देशमा बढ्दो साइबर अपराधको रोकथामका लागि प्रभावकारी कानुनी संरचनाहरूको आवश्यकता औँल्याए ।
इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालका महासचिव ध्रुवराज शर्मा (सुदीप)ले सबै स्तरमा साइबर सुरक्षा सचेतना र प्रशिक्षणको आवश्यक्ता औँल्याए । इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालले नेपालमा साइबर सुरक्षा सुधार गर्न उद्योग, शैक्षिक क्षेत्र र सार्वजनिक क्षेत्रभर सुरक्षा सचेतनाको प्रवद्र्धन गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया