Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुएनभी स्टोरको ओपनिङ, २० प्रतिशतसम्म छुट

युएनभी स्टोरको ओपनिङ, २० प्रतिशतसम्म छुट


काठमाडौं । चिनियाँ टेक जोइन्ट कम्पनी युएनभीले आफ्नो अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । राजधानी काठमाडौंको सीटीसी मल सुन्धाराको दोस्रो तल्लामा बुधवार व्यवसायी मीनबहादुर गुरुङ, रोबोर्ट तथा कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टीएनले संयुक्तरूपमा सोरुमको उद्घाटन गरेका हुन् ।

सोरुममा युएनभी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाइजेसनमा आधारित एटेन्डस सिस्टम (ई–हाजिरी), भिडियो इन्टरकम सिस्टम, ६५ इन्च, ७५ इन्च, ८६ इन्च र ९८ इन्चका स्मार्ट इन्ट्रयाक्टिभ बोर्डलगायतका डिजिटल सेक्युरिटिजका सबै प्रोडक्ट र सर्भिसहरू उपलब्ध हुने सो कम्पनीका डिरेक्टर हरिराम रिमालले बताए । त्यसैगरी छिट्टै नै नेपालमा अत्याधुनिक रुचाइएको ईभी कारको चार्जिङ स्टेसनमा सहकार्यका लागि छलफल भइरहेको पनि रिमालले बताए । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफूहरूले यो टिमसँग विगत १६ वर्षयता डिजिटल सोलुसन लिइरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरूमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए । त्यसैगरी युएनभी कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले साउथ एसियामै नेपालीहरू व्यावसायिकरूपमा इमान्दार र मेहनती रहेको र आफूहरू नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए ।

युएनभी स्टोरका संस्थापकद्वय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भए पनि आफूहरूले पाँच वर्ष सहकार्य गर्दा व्यावसायिकरूपमा परिपक्व पाएको बताए । शुभारम्भको अवसरमा स्टोरले ओपनिङ डिस्काउन्टको रूपमा प्रायः सबै प्रोडक्टहरूमा २० प्रतिशत डिस्काउन्ट उपलब्ध गराएको छ ।

अर्को सूचना नआएसम्म डिस्काउन्ट कायम रहने जनाइएको छ । स्टोरको उद्घाटन सत्रमा चार सयभन्दा धेरै सहभागीहरूले स्टोरको अवलोकन गरेका थिए । देशभर एक सय ५० भन्दा धेरै डिलरहरूले काम गरिरहेकाले देशैभर युएनभीका उत्पादनहरू उपलब्ध रहेको छ । यस्तै, स्मार्ट स्टोरहरूलाई विस्तार गर्दै जाने युएनभी नेपालका सेल्स हेड सार्दक अधिकारीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x