Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा ‘गामबेसी पोखरा रोधी क्लब’ सञ्चालनमा

पोखरामा ‘गामबेसी पोखरा रोधी क्लब’ सञ्चालनमा


पोखरा । पोखरामा करिब छ करोड रुपैयाँको लागतमा गामबेसी पोखरा रोधी क्लब प्रालि सञ्चालनमा आउने भएको छ । पोखरा लेकसाइडको हलनचोकमा गामबेसी पोखरा रोधी क्लब प्रालि भदौ १ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । यो रोधी क्लब गत वैशाख २८ देखि नै अनौपचारिकरूपमा सञ्चालनमा आएको थियो ।

सञ्चालक नरबहादुर थापाका अनुसार लेकसाइडमा डिस्को, डान्सबार र क्लबमा झुम्ने पर्यटकलाई लोकसंगीतमा आकर्षित गर्नका लागि दोहोरी साँझ सञ्चालनमा ल्याएको हो । शुभारम्भका अवसरमा भदौ १ देखि ८ गतेसम्म ख्यातिप्राप्त कलाकारबाट सांगीतिक प्रस्तुति हुनेछन् । क्लब राति ८ देखि बिहान ४ बजेसम्म खुला रहनेछ । लोकदोहोरीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिलाउँदै पर्यटकीय गतिविधि बढाउने उद्देश्य रहेको सञ्चालक थापाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x