सानो पाइलाको हस्तनिर्मित गरगहना बनाउने तालिम
काठमाडौं । सानो पाइलाद्वारा सञ्चालित परियोजना स्कुल अफ वुमन्स अन्टरप्रेनरसिपअन्तर्गत ललितपुरमा हस्तनिर्मित गरगहना बनाउने तालिम सुरु भएको छ । तालिमको शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा उनले महिलाहरूलाई सिप सिकाएर उद्यमी बनाउने सानो पाइलाको प्रयासको सह्राना गरे । जहाँजहाँ समस्या हुन्छ, त्यहाँ सानो पाइला समाधानसहित पुग्ने गरेको उनले बताए । यस्तै, उनले यो हस्तनिर्मित गहना बनाउने तालिमपछि प्रशिक्षार्थीहरू आत्मनिर्भर र स्वावलम्बी बन्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कमला श्रेष्ठले महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयासमा आफूबाट सक्दो सहयोग हुने बताइन् । सहरी क्षेत्रका र शिक्षित महिलाहरूले उद्यमशीलताका क्षेत्रमा अवसर पाए पनि विपन्न र जोखिममा परेका महिलाहरूलाई अझैँ पनि त्यो अवसर प्राप्त भइनसकेको उनको भनाइ थियो ।
सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले अधिकार विकेन्द्रीकरणको अवधारणाअन्तर्गत आफूहरूले वीरगञ्जमा मुख्यालय खोलेर काठमाडौंलगायत अन्य ठाउँहरूमा काम गरिरहेको बताए । स्कुल अफ वुमन्स अन्टरप्रेनरसिप परियोजनामा आर्थिक सहायता उपलब्ध गराएको गिभ टु एसियाका नेपाल प्रतिनिधि सुरेश तामाङले सानो पाइलाको मधेशदेखि पहाडसम्म फैलिँदो यात्रामा आफूहरूको साझेदारी निरन्तर चलिरहने चाहाना राखेको बताए । ललितपुर र पर्सामा जारी स्कुल अफ वुमेन्स अन्टरप्रेनरसिप परियोजनाको साझेदारी सफल हुने उनको दाबी छ । आवासीय तालिम केन्द्र गोदावरी नगरपालिका–३ टौखेलमा सो तालिम सञ्चालन भइरहेको छ । तालिमअन्तर्गत आधारभूत प्रयोगात्मक सत्रमा सहभागी प्रशिक्षार्थीहरूले बनाएका गहनाहरूको प्रदर्शनी पनि तालिम उद्घाटन स्थलमा आयोजना गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया