हुम्लाको सदरमुुकाम सिमकोटमा टेलिकमको एफटीटीएच सेवा
काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्चुअलरूपमा सो सेवाको शुभारम्भ गरेका थिए ।
नेपाल टेलिकमको एनटी फाइबर अब नेपालका सबै जिल्लामा पुगेको छ । सो कार्यक्रममा सञ्चारमन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पुर्याउने कार्यका लागि टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए । देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने उनको अपेक्षा छ । नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताइन् । आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउनका लागि उनले सबैलाई आग्रह गरिन् ।
टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने जानकारी दिइन् । साथै, सेवामा पनि स्तरोन्नति हुने बताइन् । कर्णालीका विकट जिल्लाहरूमा समेत टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको उनले जानकारी दिइन् । आगामी दिनमा सडक र विद्युत्को पहुँचसँगै सेवाको गुणस्तरमा समेत स्तरोन्नति हुने उनले बताइन् ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेश प्रसाद साह र दूरसञ्चारका सुर्खेतका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिहरूका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरूको समेत सहभागिता रहेको थियो । हाल हुम्लामा उपलब्ध गराइएको एनटी फाइबर सेवामार्फत साविकमा उपलब्ध हुँदै आएको एडीएसएल सेवाको तुलनामा थप गुणस्तरीय सेवा उपलब्ध हुनेछ । आगामी दिनमा बढी क्षमताको इन्टरनेट, टेलिफोन र टेलिभिजन सुविधा उपलब्ध हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया