एसियन पेन्ट्स ‘कलाइडोस्कोप’ प्रतियोगिताका विजेता घोषित
काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन २०२३/२४ को ११ औं कलाइडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ । प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गरेकी छिन् । साथै, उनले ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन् । एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशीष ओलीले क्रमशः द्वितीय र तेस्रो स्थान हासिल गरे । उनीहरू क्रमशः ४० हजार र ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने काठमाडौं इन्जिनियरिङ कलेजका विपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजेताहरूलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले एक समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए । काठमाडौंमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रहेको थियो । कम्पनीले नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिकरूपमा कलाइडोस्कोप कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस कार्यक्रमले कलेजहरू, प्रोफेसनल आर्किटेक्टहरू र उपभोक्तालाई एक साथ भेला गर्ने गरेको छ ।
प्रतियोगितामा विजयी भएको डिजाइन र उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ । यस कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । उनीहरूले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया